बैशाख ६, २०८२ शनिबार

मनकामनाका विधार्थीद्वारा सूचनाको हकदेखि साइवर अपराधसम्मको कार्यपत्र प्रस्तुत

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना कलेजमा अध्ययनरत विधार्थीले ४ वटा विषयवस्तुमा कार्यपत्र प्रस्तुत गरेका छन् ।


मानवअधिकार, सूचनाको हक, साइवर अपराध र विकासमा बिर्तामोड नगरपालिकाको भूमिका विषयक कार्यपत्रमा कलेजमा अध्ययनरत सामाजिक सेवा विभागका विधार्थीले कार्यपत्र प्रस्तुत गरेका थिए । सामाजिक सेवा विभागले विधार्थीको अतिरिक्त क्रियाकलाप अन्तर्गत सो कार्यक्रम आयोजना गरेको विभागीय प्रमुख सौरभ प्रसाईले जानकारी दिए ।


विधार्थीले समूहगत रुपमा चारै विषयमा स्लाइड मार्फत जानकारी गराएका थिए । मानव अधिकारको विषयमा सरोज खरेलको समूहले कार्यपत्र प्रस्तुत गरेको थियो भने सूचनाको हकको विषयमा प्रदीप लुईटेलको समूहले कार्यपत्र प्रस्तुत गरेको थियो । यस्तै, साइवर अपराधको सन्दर्भमा जुनु लिम्बू र बिर्तामोडको भूमिका विषयमा प्रशान्त दाहालले प्रस्तुति राखेका थिए । उनीहरुले खोज गरेर समूह विभाजन गरी आ–आफ्नो विषयमा कार्यपत्र प्रस्तुत गरेका हुन् ।


शुक्रवार कलेजको सभाहलमा आयोजित कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रममा विधार्थीलाई पाठ्यक्रम बाहिरको शिक्षा दिने उद्देश्यले आयोजना गरिएको थियो । विधार्थीले प्रस्तुत गरेको कार्यपत्रमा विषयविज्ञले टिप्पणी सहित सूझाव पेश गरेको विभागीय प्रमुख प्रसाईको भनाई छ ।
मानव अधिकारको विषयमा मानव अधिकारकर्मी डा.रुपक खनाल , सूचनाको हकको सन्दर्भमा सूचना अभियान्ता एवम् इजलास दैनिकका सम्पादक प्रदीप परियार र साइवर अपराध बारे इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले टिप्पणी सहित सूझाव राखेका थिए । उनीहरुले विधार्थीले विषयगत प्रस्तुतिमा छुटाएका विषय समेत समावेश गरेका थिए ।
मनकामनामा रहेको विधार्थीको सामाजिक सेवा विभागले विभिन्न समयमा सामाजिक काम समेत गर्दै आएको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]