जामुनखाडीमा दुर्घटना : १ को मृत्यू, १७ घाइते
बिर्तामोड । कनकाई नगरपालिका १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यू भएको छ । बस र स्कुटर एक आपसमा ठोक्किदा स्कुटीमा सवार भद्रपुर ९ कि २६ वर्षीया सुजन पोखरेलको घटनास्थलमै मृत्यू भएका इप्रका अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइते हुनेमा १६ जना बसका यात्रु छन् ।

दानावारीबाट धरान तर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको यात्रुबहाक बस र भद्रपुरबाट जामुनखाडी जाँदै गरेको मे ११ प ७९७७ को स्कुटी ठोक्किएको थियो । बस दुर्घटना स्थलबाट सडकमुनी खसेको छ । दुर्घटनामा घाइते १७ जनाको विएण्सी अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए ।