Banner news

तृष्णा मिनिरल वाटर, बिर्तामोडको प्रेस विज्ञप्ति

तृष्णा मिनिरल वाटर, बिर्तामोडको प्रेस विज्ञप्ति


केहि दिनदेखी झापामा पिउने पानीको सन्दर्भमा विभिन्न खाले अनावश्यक चर्चा परिचर्चा भइरहेको आम झापावासी दाजुभाई तथा दिदीबहिनीलाई अवगत नै छ । यसै सन्दर्भमा ०७६ भदौं १७ गते मंगलवार केहि सञ्चारमाध्यममा एच.एम.एन वेभरेज प्रालि बिर्तामोडले उत्पादन गर्दै आएको तृष्णा मिनिरल वाटरका बारेमा आम नागरिकलाई भ्रम छर्ने किसिमको सूचना प्रवाह भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।


हामीले सञ्चालन गरेको कम्पनीबाट पानी उत्पादन भएको ७ वर्ष पुरा भइसकेको छ । सरकारको सबै मापदण्ड पुरा गरेर स्वस्थ्य र स्वच्छ पिउने पानी उत्पादनमा हामीले कुनै कसर बाँकी राखेका छैनौं । र, त्यो निरन्तर हुनेछ ।  उत्पादन भएको समयदेखि पानीमा कुनै पनि समस्या नरहेको आम नागरिक, उपभोक्तामा जगजायर नै छ । हामीले उत्पादन गरेको पानी उपभोक्ताको विचमा लोकप्रिय छ । सोहि कारण पानीको माग पनि उस्तै छ । पूर्वको झापा जिल्ला बिर्तामोडबाट उच्च प्रविधिबाट उत्पादन भइरहेको एक मात्र गुणस्तरीय पिउने पानी मेची र कोशीको सबै बजार पु¥याइसकेका छौं ।


हामी आम नागरिक तथा उपभोक्ताको मागलाई पुरा गर्न र गुणस्तरीय पानी उत्पादनमा प्रतिबद्ध छौं । बजारमा स्वथ्य प्रतिपर्धा गर्न नसक्ने, विभिन्न झुण्डको प्रयोग गरेर नियतवस बद्नाम गराउने समूह प्रति सचेत पनि छौै । नियत राखेर बद्नाम गरेको कुरा छर्लङ छ । यो स्वीकार्य छैन । सरकारी निकायले पानीको गुणस्तर तोक्ने सवालमा हामी मञ्जुर छौं । तर, कुनै पानीलाई बजारमा प्रवेश नै गराउनको लागि अपनाइएको हतकण्डा मान्य छैन । यसैले आम नागरिकलाई यस्ता भ्रममा नपर्नु हुन जानकारी गराउँदछौं ।

अन्त्यमा, पानी मानवीय जीवनका लागि प्राण हो । यसमा हामीलाई खेलवाड गर्न जरुरी छैन । तर, यहि (प्राण) पानीलाई कुनीयतले बजारीकरण गर्ने झुण्डको गतिविधिप्रति हामी घोर भत्सर्ना गर्दछौ । र, खुला बजारमा स्वस्थ्य प्रतिपर्धाको लागि अपील समेत गर्दछौं । धन्यवाद ।  

तृष्णा मिनिरल वाटर

शेयर गर्नुहोस :

108
Shares