Banner news

छिमेकीको खसी चोरी गरेर काट्ने चौधरी पक्राउ

छिमेकीको खसी चोरी गरेर काट्ने चौधरी पक्राउ


बिर्तामोड । इलाका प्रहरी कार्यलय अनारमनीले छिमेकीको खसी चोरी गरेर काटेर खाने तयारी गरेका कनकाई नगरपालिका – ४ का मन्जिल चौधरीलाई पक्राउ गरेको छ ।

बुधबार स्थानीय मिरा बुढाथोकीको खसी बाधेर राखेको ठाउँबाट चौधरीले चोरी गरेका थिए । चौधरीले आज राती १ बजे खसी काटेको स्वीकार गरेका छन् । आज बिहान खसी चोरी गर्ने चौधरीको घर पुगेर बुढाथोकीले प्रहरीलाई जानकारी गराएपछी उनलाई नियन्त्रणमा लिइएको हो ।

शेयर गर्नुहोस :

0
Shares