बिर्तामोडको खाद्य संस्थानभित्र शव भेटियो
बिर्तामोड । खाद्य संस्थानको गोदाममा झुण्डिरहेको अवस्थामा आज विहान एक व्यक्तिको शव फेला परेको छ । झापाको बिर्तामोड–१ मा रहेको संस्थानको गोदाम पछाडि रहेको जंगल क्षेत्रमा शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए ।

डिएसपी थापाका अनुसार शवको पहिचान हुन सकेको छैन । संस्थान परिसर पर्खालले घेरिए पनि ति व्यक्ति कसरी भित्र प्रवेश गरे भन्ने शंका उब्जिएको छ । झण्डै १०/११ फिट अग्लो पर्खाल चढेरै भित्र पसेको हुन सक्ने अनुमान पनि गरिएको छ । संस्थानको गोदाम राती साढे ८ बजे नै बन्द गर्ने गरिएको बताइएको छ । बन्द रहेको क्षेत्रमा पर्खालबाटै भित्र प्रवेश गरेको हुन सक्ने प्रहरीको भनाई छ । अन्दाजी ३०/३२ वर्षको देखिने शवमा चोटपटक देखिएको छैन ।
स्थानीयबासीले झुण्डिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । आदिवासी÷जनजाति मुलका ति व्यक्तिलाई स्थानीयबासीले नचिनेको बताएका छन् । जनप्रतिनिधि सहितको रोहवरमा सो शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको छ ।
घटनास्थलमा पुगेर बिएण्डसी अस्पतालको कानुनी चिकित्सक डा. अर्चना चौधरीले शवको अवस्था बारे जानकारी लिएकी छन् । इप्रकाले पहिलो पटक झापामा फोरेन्सिक डाक्टरलाई बोलाई यस प्रकारको घटनामा सहयोग लिएको पहिलो छ ।