बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सरकारलाई ५० वर्ष जनताको सेवा गर्ने अवसर प्राप्त भएको बताएका छन् । उनले यो अवसरलाई सदुपयोग गर्न जनताको जीवनमा प्रत्यक्ष रोजगार, उत्पादन, कृषि र शिक्षामा रुपान्तरण गर्दै विकासलाई गति दिनुपर्ने बताए ।

आज झापाको बिर्तामोडमा आयोजित गौरीशंकर खड्का स्मृति प्रतिष्ठाको आठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले जनताको चहाना पुरा नभए जनतामा निराशा हुने र अवसर पनि गुम्ने बताएका छन् । पार्टी एकतापछि कम्यनिुष्ट सरकार इतिहासकै बलियो सरकार भएकाले यो अवसरको रुपमा लिनुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ । देशमा असाधारण परिवर्तनको शुरुवात भएको बताउँदैं उनले संविधान निर्माण नै कम्युनिष्ट पार्टीकै पहलमा भएको दावी गरे । नेकपाका अध्यक्ष प्रचण्डले संविधान बन्न नदिन देश भित्र र बाहिरबाट धेरै कसरत भएपनि जनताको बलले संविधान निर्माण गरेरै छोडेको बताए ।
पूर्व एमाले र पूर्व नेकपा माओवादी विचको एकता विश्वका लागि उदाहरण र शिक्षा भएको भन्दै उनले अब कम्युनिष्टको काँधमा धेरै जिम्मेवारी रहेको धारणा राखेका छन् । बिर्तामोडस्थि अग्रसेनमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले भने – ‘जनताको जीवनमा सुधार ल्याउनु नै अहिलेको मुख्य जिम्मेवारी हो । रोजीरोटीकै लागि वैदेशिक रोजगारमा जाने बाध्यतालाई हामीले अन्त्य गर्नैपर्छ । ’
कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै उनले देशलाई नयाँ उचाईमा पु¥याउने कम्युनिष्ट सरकारको कामलाई प्रतिक्रियावादीहरुले नियोजित रुपमा बद्नाम गरिरहेको बताएका छन् । उनले सरकारको काम देखेर आत्तिएका, अत्तालिएकाहरु जनतामा भ्रम छरिरहेको जिकिर गरे । सरकारबाट असामान्य काम भइरहेको बताउँदै उनले भने – ‘हामीले गरेका काम जनताको विचमा पु¥याउन नसक्दा त्यसको फाइदा प्रतिक्रियावादीले लिइरहेका छन् ।’ म तपाई कम्युनिष्ट कार्यकर्तालाई आग्रह गर्दछु , सरकारले गरेका काम जनताको विचमा पु¥याउनुहोस् –उनले थपे ।







प्रतिक्रिया