बिर्तामोडमा आज नेकपाको जनसभा
बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसरमा आज बृहत जनसभा आयोजना गरेको छ । जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने भएका छन् ।

जनसभामा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, केन्द्रीय सदस्य राम कार्की लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
संविधान निर्माणको नेतृत्वकर्ता दलको हैसियतले यसको कार्यान्वयन र रक्षा गर्नु दायित्व रहेको भन्दै नेकपाले जिल्लाभरबाट १३ हजार ५ सय जनसहभागिता गराउदै जनसभाको आयोजना गरेको नेकपा झापाका सचिवालय सदस्य शिव ढुङगेलले जानकारी दिए ।
आजै पार्टीले स्थानीय चोकहरुमा दिपावली गर्न पनि निर्देशन दिइएको छ । कार्यक्रम तालिका अनुसार ११ बजे बिर्तामोड प्रवेश गरिसक्ने,११ :३० बजेबाट र्याली शुरु गरि कार्यक्रम स्थल पुरानो इलाम स्टेनमा जाने बताइएको छ ।