संविधान दिवसमा बिर्तामोडको प्रभातफेरी (फोटो फिचर)
बिर्तामोड । पाँचौं संविधान दिवसको अवसरमा बिर्तामोड नगरपालिकाले संविधान निर्मातालाई सम्मान गरेको छ । यस क्षेत्रबाट संविधानसभामा प्रतिनिधित्व गरेका संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटी , मनकुमार गौतम र अमृतलाल राजवंशीलाई नगरपालिकाले आज विहान आयोजित कार्यक्रममा सम्मान गरेको छ ।

संविधान दिवसमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा यस नगरभित्र रहेका सामाजिक संघ, शैक्षिक संघ संस्था, बैंक तथा वित्तिय संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बिर्तामोडको मुक्तिचोकबाट शुरु भएको ¥याली बिर्तामोड परिक्रमा गरेको थियो । सो अवसरमा विभिन्न क्षेत्रमा उपस्थित प्रतिनिधिले संविधानको कार्यान्वयनमा जोड दिएका थिए ।





