बैशाख ९, २०८२ मंगलबार

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच के–के भए समझदारी ?

काठमाडौं । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेकपाका विदेश मामिला विभाग प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेको समझदारीपत्रमा दुवै देशका कार्यकारी प्रमुखले उच्चस्तरीय भ्रमण गर्ने उल्लेख छ ।

समझदारीपछि दुवै देशका कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता तहको अध्ययन, शिक्षण भ्रमणमा बढोत्तरी आउने अपेक्षा गरिएको छ । अहिले पनि नेकपाबाट निर्वा्चित जनप्रतिनिधि, नेकपाका पार्टी कार्यकर्ता चीन पढ्न तथा प्रशिक्षण लिन जाने गरेका छन् । यो समझदारीपछि उक्त सङ्ख्यामा अझै वृद्धि आउने नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
पार्टी–पार्टी अनुभवमा आधारित सहयोग आदान–प्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदानमा पनि अब बढोत्तरी आउने रिजालको भनाइ छ । समझदारीको पाँचौँ बुँदामा जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि गर्ने उल्लेख छ । छैठौं बुँदामा विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन गर्ने लेखिएको छ ।

नेकपा र सीपीसीबीच संयुक्त वैचारिक अन्तरक्रिया अहिले पनि चलिरहेको छ । अब वर्षेनी यस्ता कार्यक्रम हुने समझदारीमा उल्लेख छ । यसले दुवै पार्टीबीच वैचारिक आदान–प्रदानलाई थप बलियो बनाउने दुवै पार्टीले विश्वास लिएका छन् ।
पार्टी एकतापूर्व साविक एमाले र माओवादी केन्द्रसँग चिनियाँ कम्युनिस्ट पार्टीले छुट्टछुट्टै समझदारी गरेका थिए । पार्टी एकतापछि पहिलोपल्ट यस्तो समझदारी भएको हो ।

प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]