बैशाख १३, २०८२ शनिबार

कृषि विकास बैंकबाट १ करोड ५६ लाख चोरी

काठमाडौं । कृषि विकास बैंकबाट १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ ।

ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो । सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

स्रोतका अनुसार काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रहरी स्रोतले भन्यो, ‘संलग्न तीन जनालाई काठमाडौंबाट नियन्त्रणमा लिइसकिएको छ।’

अघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको बताएको छ । ‘प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ । विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।

प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]