मंगलवारसम्म हल्का वर्षा हुने
मौसम विश्लेषण )Meteorological Analysis):
हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थान बाट केहि उत्तर तर्फ सरेको छ। भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको छ। अर्को न्यून चपीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको छ। हाल नेपालमा अरब सागर र बंगालको खाडीबाट आईरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केहि सक्रिय रहेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):
हाल देशभर सामान्य देखि पूर्ण वदली रही पूर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
असोज १२ गते (आईतबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ |
राती: देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ। पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ |
असोज १३ गते (सोमबार)
दिउँसो: देशको पूर्व र मध्य भेगमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।
राती: देशको पूर्व र मध्य भेगमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।
असोज १४ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।
राती: देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावनाको साथै मध्य तथा पुर्वका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ जसका कारणले सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने तथा पहाडि भु-भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |