जेष्ठ ६, २०८२ सोमबार

आज रातिदेखि डीभी खुल्दै

वाशिङ्टन । सन् २०२१को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) आजबाट खुल्ने भएको छ । अमेरिकी समयअनुसार अक्टोबर २ तारिख (आज) मध्यान्ह १२ बजेबाट आवेदनको म्याद सुरु हुने जनाइएको छ । 

आवेदनको म्याद आगामी नोभेम्बर ५ को मध्यान्ह १२ बजेसम्म रहनेछ । सन् २०२० को मे महिनामा त्यसको नतिजा निस्कने र फर्म भरेपछिको कन्फर्मेसन नम्बर भने नतिजा आउने समयसम्म सुरक्षित राख्नुपर्ने जनाइएको छ ।

आवेदन दिनका लागि म्याद नगुज्रेको आधिकारिक पासपोर्ट हुनुपर्नेछ । इन्ट्री प्रक्रिया पूरा भएपछि राहदानीको बारेमा जानकारी गराउनुपर्ने जनाइएको छ ।  पति वा पत्नी र छोराछोरीको भने राहदानी नभए पनि हुनेछ । 

बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एलसाल्भाडोर, हैटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान,पेरु, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनामका नागरिकले भने आवेदन हाल्न सक्ने छैनन् । चीनको मुख्य भूभागका नागरिकले आवेदन हाल्न नपाए पनि हङकङ, मकाउ र ताइवानका नागरिकले भने आवेदन गर्न पाउने जनाइएको छ । बितेका वर्षमा ५० हजार भन्दा बढी मानिसलाई डीभी परिसकेका देशका नागरिकले भने आवेदन गर्न नपाइने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार  २ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]