Banner news

झापा प्रहरीद्वारा ३४ बोरा सुर्ती बरामद

झापा प्रहरीद्वारा ३४ बोरा सुर्ती बरामद


बिर्तामोड । झापा प्रहरीको विशेष टोलीले कनकाई नगरपालिका –४ कोटीहोम क्षेत्रबाट ३४ बोरा सुर्ती बरामद गरेको छ ।

बुधबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोटीहोम नजिकै रोकी राखिएको हात्ती गाडीमा प्रहरीले चेकजाँच गर्दा ८ सय ५० केजी सुर्ती बरामद गरेको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

चाडपर्वलाई लक्षित गरी शुरु गरिएको प्रहरी बिशेष टोलीले सवारी चेकजाँच गर्दै जाँदा सडकको किनारामा चालक नभएको मे १ च ६५०३ नम्बरको छोटा हात्ती गाडी शंका लागेर जाँच गरिएको थियो ।

प्रहरीले अवैध सूर्ती फेला पारी गाडी र सुर्ती आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको छ ।

शेयर गर्नुहोस :

0
Shares