Banner news

आज विजया दशमी, टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

आज विजया दशमी, टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा


काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको अन्तिम दिन आज विजया दशमी ।

आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशिर्वाद लिँदै मनाइन्छ। किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए।

सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। बडा दशैं प्राय सबै नेपालीले विभिन्न तरिकाले मनाउने गरेका छन् ।

घटस्थापनाको दिनबाट विधिपूर्वक घर घरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। देवी विसर्जनका लागि बिहान ८ बजेर ४५ मिनेटको समय उत्तम रहेको धर्मशास्त्रविद एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

टीका प्रसाद ग्रहण गर्नका लागि भने १० बजेर ३५ मिनेटको साइत उत्तम रहेको छ । १० बजेर ३५ मिनेटमा टीका शुरु भएपछि पूर्णीमा नसिकएसम्म मान्यजनका हातबाट टिका, जमरा तथा आशिर्वाद थाप्ने क्रम जारी रहनेछ।

शेयर गर्नुहोस :

0
Shares