Banner news

चिनियाँ राष्ट्रपति सी को भ्रमण : ६ घण्टा विमानस्थल बन्द

चिनियाँ राष्ट्रपति सी को भ्रमण : ६ घण्टा विमानस्थल बन्द

Chinese President Xi Jinping (L) and First Lady Peng Liyuan wave from their plane upon their arrival at Julius Nyerere International Airport in Dar es Salaam March 24, 2013. REUTERS/Thomas Mukoya (TANZANIA – Tags: POLITICS) – RTXXVVD

काठमाडौं, २४ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण अन्तर्गत १९ घण्टा बिताउने भएका छन् ।

Chinese President Xi Jinping (L) and First Lady Peng Liyuan wave from their plane upon their arrival at Julius Nyerere International Airport in Dar es Salaam March 24, 2013. REUTERS/Thomas Mukoya (TANZANIA – Tags: POLITICS) – RTXXVVD

सीको भ्रमण तालिका अनुसार उनी शनिबार अपरान्ह ४ः३० बजे त्रिभुवन विमानस्थलमा ओर्लिने छन् । राष्ट्रपति सी आइतबार १ बजे स्वदेश फर्किने कार्यतालिका छ । विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय हुने भएको छ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको कांग्रेस नेता तथा पूर्वमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको कार्यक्रम छ।

शनिबारका लागि सीको औपचारिक भ्रमण तालिका यति नै रहेको जनाइएको छ । आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता द्वीपक्षीय सम्झौता हुनेछ ।

सी आउँदा–जाँदा ६ घण्टा विमानस्थल बन्द
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा–जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ ।

उनी आउँदा तीन घण्टा र फर्किदा तीन घण्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान बन्द हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पौड्यालले सी आउँदा–जाँदा तीन–तीन घण्टा अरू सबै उडान बन्द हुने जनाएका छन् ।

नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी भोलि दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यक्रम छ । भारतको चेन्नई हुँदै काठमाडौं आउने कार्यक्रम छ ।

शेयर गर्नुहोस :

0
Shares