बैशाख १७, २०८२ बुधबार

आइतबार झापासहित देशभरि सार्वजनिक बिदा

काठमाडाैं, २४ असाेज । सरकारले चिनियाँ राष्ट्रपति सी जिन पिङको स्वागतका लागि आइतबार देशभरि सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ ।

प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार  ४ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]