चिनियाँ राष्ट्रपति सी काठमाण्डौमा
काठमाण्डौ । दुई दिने राजकीय भ्रमणको लागि चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आइपुग्नुभएको छ ।

उहाँ चढेको विमान केहीबेरअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत गर्दै हुनुहुन्छ ।