Banner news

सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीद्धारा स्वागत

सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीद्धारा स्वागत


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नू भएको छ ।

आज अपरान्ह काठमाडौं अवतरण गर्नू भएका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गर्नू भएको हो । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गर्नू भएको हो ।

राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुग्नुभएको थियो ।

राष्ट्रपति सी विमानस्थलबाट सोल्टी होटल जाने योजना छ ।

शेयर गर्नुहोस :

0
Shares