बैशाख १०, २०८२ बुधबार

म्यानमारको ५ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार म्यानमार जादै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र म्यानमारको ५ दिने राजकीय भ्रमणका लागि बुधबार म्यानमार प्रस्थान गर्नुहुने भएको छ ।

गणतन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी यही असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म ५ दिने म्यानमारको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रतिनिधि मण्डलस्तरमा दुई पक्षीय वार्ताहुने र म्यानमारका राष्ट्रपतिले आयोजना गर्नुहुने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले नेपाली मुलका बर्मेलीहरुसंग भेट्नु हुने र विश्व सम्पदा सूचिमा रहेको बगान शहरको अवलोकन गर्नुका साथै यङ्गुनमा रहेका साँस्कृतिक एवं ऐतिहासिक स्थलको समेत भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव, उच्च सरकारी अधिकारीका साथै सञ्चारकर्मीको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]