बैशाख ९, २०८२ मंगलबार

रोशनीको शरीरको चोटमा बाहिरी मानिसको संलग्नता

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]