Banner news

रवि लामिछाने विदेश जाँदा अदालतको अनुमति लिनु नपर्ने

रवि लामिछाने विदेश जाँदा अदालतको अनुमति लिनु नपर्ने


सञ्चारकर्मी रवि लामिछानेलाई विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटन हेटौँडा इजलासले बदर गरेको छ ।

रवि लामिछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जाँदा अनिवार्य अदालतको अनुमति लिनुपर्ने चितवन जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन हेटौँडा इजलासले बदर गरेको हो ।

बिहीबार उच्च अदालत पाटन हेटौँडा इजलासमा चितवन जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सरकारी वकिलसहित रवि लामिछाने र युवराज कँडेलले छुट्टाछुट्टै निवेदन दिएका थिए । विदेश जाने प्रावधान बाहेकका चितवन जिल्ला अदालतबाट भएको आदेश भने मिलेकै देखिएको भन्दै उच्च अदालतले सदर गरिदिएको छ ।

दुवै मुद्दा एकै विषयको भएको भन्दै एकै लगाउमा राखेर बिहीबार बहस भएको थियो । न्यायधीशद्वय महेन्द्रनाथ उपाध्याय र चण्डीराज ढकालको इजलाशले विदेश जाँदा अदालतको अनिवार्य अनुमति लिनुपर्ने आदेश भने बदर गरेको हो ।

चितवन जिल्ला अदालतले सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो । यस्तै लामिछाने र कँडेललाई भने जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । उज्यालोअनलाईबाट

शेयर गर्नुहोस :

0
Shares