सांसद पार्वत गुरुङ निर्दोष सावित
काडमाडौं । जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई निर्दोष सावित गरेको छ । आज विहान अदालतमा उपस्थित हुनु भएका उहालाई साधारण तारेखमा रिहा गरिदिएको छ ।

ज्यान मार्ने उद्योग गरेको आरोपमा गुपचुपमै अदालतमा मुद्दा दायर भई अदालतबाट पूर्जी जारी भएपछि दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुभएको थियो ।
न्यायाधीश पुणेश्वरप्रसाद उपाध्यायको एकल इजलासले पहिलो बहसमै सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । गुरुङको पक्षमा अदालतमा वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु टिकाराम भट्टराई, रमेश बराल, प्रविण प्रधान र करुणाकर्ण मल्लिकले बहस गर्नुभएको थियो ।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार सांसद गुरुङ कार्यालय समय सुरु हुनेवित्तिकै अदालत हाजिर हुनुभएको थियो । उहाँका अनुसार अदालतले सांसद गुरुङको बयान सिकिएपछि थुनछेक बहश भएको थियो ।
स्थानीय तह निर्वाचनको बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा स्थानीय कुलबहादुर तामाङको हत्या भएपछि फरार रहेका सोही स्थानका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।