बैशाख ९, २०८२ मंगलबार

सरसफाई सहजकर्ताहरुलाई प्रशिक्षण

विर्तामोड । खुला दिसामुक्त जिल्ला घोषणापछि झापाका तीन पालिकामा नमूना योजनाका रुपमा यसै वर्षबाट सञ्चालन गरिएको पूर्ण सरसफाई अभियानले तीव्रता पाएको छ ।

झापाको विर्तामोड नगरपालिका, कमल गाउँपमलिका र गौरीगञ्ज गाउँपालिकाका जम्मा १४ वटा वार्डमा अभियान सञ्चालनका लागि चयन गरिएका सहजकर्ताहरुलाई पूर्ण सरसफाईका चरण र प्रक्रियाका बारेमा प्रशिक्षित गरिएको छ । युएन ह्याविट्याटको ग्लोबल स्यानिटेसन फण्डको आर्थिक सहयोगमा स्थानीय साझेदारका रुपमा झापाको विर्तामोडस्थित विराट सामुदायिक अध्धयन केन्द्रले पूर्ण सरसफाइको सहजीकरण गर्दै आएको छ ।

यसैक्रममा केन्द्रकै आयोजनामा सहजकर्ताहरुलाई तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको हो । आइतबार शुरु गरिएको प्रशिक्षण मंगलबार अपरान्ह सकिएको हो । प्रशिक्षणको सहजीकरण सरसफाइको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अभियानकर्मी होमनाथ आचार्य, ग्लोलबल स्यानिटेसन फण्डका राजेश मानन्धर, दुर्गाप्रसाद नेपाल, जिल्ला सहजकर्ता विनोदप्रसाद शर्मा, कार्यक्रम अधिकृत सोम आचार्यले गरेका थिए ।

केन्द्रका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा आयोजित समापन समारोहका प्रमुख अतिथि जिल्लास्तरीय खानेपानी तथा सरसफाइ समन्वय समितिका अध्यक्ष जिसस झापा प्रमुख सोमनाथ पोर्तेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]