बैशाख १३, २०८२ शनिबार

न्यू दया भिन्तुना ११४०

काठमाडौं । नेपाल संवत ११४० आजबाट सुरु भएको छ ।

नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल सतको पहिलो दिन काठमाडौंका विभिन्न स्थानमा भिन्तुना र्‍याली निकालिएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले यस संवतलाई राष्ट्रिय संवतका रूपमा मनाउने घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।

हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार  २ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]