Banner news

सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

;Kt/L, !# sflQs -/f;;_ km]nf k/]sf] !% lsnf] clhË/ ;Kt/Lsf] xg’dfggu/ s+sflngL gu/kflnsf !@ l:yt sf]zL afFwdf km]nf k/]sf] !% lsnf]u|fdsf] clhË/ . g]kfn k|x/Ln] clhË/ lgoGq0fdf lnO{ Onfsf k|x/L sfof{no xg’dfggu/df NofPsf 5g\ . t:jL/ M gfgLd}of s6jfn

सप्तरी । सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२, कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयले कोशी बाँधमा अजिङ्गर देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अजिङ्गर इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको छ ।

यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो । रासस

शेयर गर्नुहोस :

0
Shares