बैशाख १३, २०८२ शनिबार

सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

सप्तरी । सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२, कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयले कोशी बाँधमा अजिङ्गर देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अजिङ्गर इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको छ ।

यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो । रासस

प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]