अटो रिक्साको ब्याट्री चोरी गर्ने पक्राउ
बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा ब्याट्री चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले ब्याट्री सहित बिर्तामोड–८ का २० वर्षीय कृष्ण राजवंशीलाई पक्राउ गरेको डिएसपी मोहन थापाले जानकारी दिए ।

बिर्तामोडका विभिन्न स्थानहरुबाट अटो रिक्साको व्याट्रीहरु चोरी भएको दर्जनौ उजुरी परेपछि चार पक्त लगाउन प्रहरी सक्रिय भएको थियो । विशेष प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा राजवंशीलाई शुक्रवार पक्राउ गरेको हो । राजवंशीको साथबाट भारत तर्फ बिक्री गर्न लाँदै गरेको अवस्थामा ८ थान ब्याट्री सहित फेला पारी नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।