झापा –११ हराउँदै पुलिस क्वाटरमा प्रवेश
बिर्तामोड । झापा ११ विरुद्ध शानदार जीत दर्ता गर्दै नेपाल पुलिस क्लब हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा पुलिसले झापा–११ लाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनल खेलको यात्रा गरेको हो । पुलिसका लागि सुमन लामा र सौजन याख्खाले गोल गरेका हुन् । खेलको ६ मिनेटमै झापा ११ का निरज बस्नेतले प्रहार गरेको बल गोलापोस्टबाट फर्किंदा गोल गर्ने अवसर गुमाएको थियो । त्यसपछि पाएका अवसरमा पनि पुलिसको गोलपोस्टमा आक्रमण बुनेको झापा–११ ले गोल गर्न भने सकेन । तर, खेलको १३औँ मिनेटमा पाएको फ्रिकिकबाट पुलिसले अग्रता बनायो ।