जेष्ठ ११, २०८२ शनिबार

आलमलाई जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी

रौंतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको छ।

बम विस्फोटमा घाइते भएकालाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका सांसद आलम विरुद्ध आज मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान पूरा गरि प्रतिवेदन शुक्रवार सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । प्रतिवदनको अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ताको गरेको छ । आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।

घटना भएको १२ वर्षपछि २६ गते प्रहरीले आलमलाई रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]