Banner news

भारततर्फ तस्करी हुन लागेको दुई ट्रक गोरु सुरुङाबाट पक्राउ, झापा रुटको तस्करी पनि तोडियो

भारततर्फ तस्करी हुन लागेको दुई ट्रक गोरु सुरुङाबाट पक्राउ, झापा रुटको तस्करी पनि तोडियो


सुरुङा । झापा प्रहरीले आज विहान सुरुङाबाट भारत तर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ । दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ ।

४९ थान गोरु भारत तस्करी हुन लागेको थाहा पाएपछि प्रहरीले कनकाईको तुलसीबारीबाट पक्राउ गरेको हो । बिर्तामोड प्रहरीको नेतृत्वमा बिहान ४ बजे दुबै ट्रक पक्राउ गरिएको डिएसपी मोहन थापाले जानकारी दिए । प्रहरीले ना.५ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको ट्रक पक्राउ गरेको छ ।

लामो समयदेखि प्रहरीलाई छलेर सुरुङा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो । झापा गापाका स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउन जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले बिर्तामोड प्रहरीलाई खवर गरी पक्राउ गर्न निर्देशन दिएका थिए ।

नवलपरासीबाट प्रमोद यादवले पठाएको चौपाय प्रहरीका अनुसार कनकाई नगरपालिका–३ का रमेश खरेलले आयात गरेका हुन् । उनी घैलाडुब्बा बजारको ठेकेदार हुन् । प्रहरीले कहि महिनायता झापा रुटको निगरानी बढाएको थियो । खरेललाई कामाटोलीका दिलिप विश्वकर्माले साथ दिदैं आएका थिए ।

झापा गाउँपालिकास्थित कामाटोलीमा चौपाय राख्ने केन्द(अड्डी) स्थापना गरेर भारतमा निकासी हुँदै आएको छ । झापा गाउँपालिकाले पशु बजारका लागि ठेक्का दिएपछि तस्करीका लागि सोहि बजारलाई प्रयोग गर्दै आएको बताइएको छ । केहि महिनाअघि भारतीय तस्करले नेपाली व्यापारीलाई कुटपिट समेत गरेको घटना बाहिर आएको थियो । दैनिक ४/५ ट्रक पशुचौपाय तस्करीको लागि झापा गाउँपालिकाको बाटो प्रयोग हुन थालेको छ ।

झापा प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरेपछि ठुलो परिमाणमा आज चौपाय नियन्त्रणमा लिएको छ । झापाका प्रहरी उपरीक्षक मैनालीले चौपायको तस्करी शूण्यमा झार्ने रणनीति रहेको बताएका छन् । मुख्य राजमार्गबाट दक्षिण तर्फ १ थान पनि लैजान नदिने उनको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares