Banner news

डाक्टर केसी अस्पताल भर्ना

डाक्टर केसी अस्पताल भर्ना


डडेलधुरा । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेलधुरामा १७औँ चरणको अनशन सुरु गर्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

डाक्टर केसीको रक्तचाप तलमाथि भइरहेकाले उहाँको सहमतिमा अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको डाक्टर कँडेलले बताउनुभयो ।

चिसोका कारण डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको उहाँका भाइ किशोरले बताउनुभयो । डा. केसीले अस्पतालबाटै अनशन जारी राख्ने उहाँले बताउनुभयो । सात बुँदे माग राखी डाक्टर केसीले कात्तिक १८ देखि अनशन थाल्नुभएको हो ।

शेयर गर्नुहोस :

0
Shares