Banner news

सिमा विवाद : वार्ताबाट नभए मात्रै अन्तर्राष्ट्रियकरण गर्न सूझाव

सिमा विवाद : वार्ताबाट नभए मात्रै अन्तर्राष्ट्रियकरण गर्न सूझाव

Ram Chandra Paudel

विर्तामोड । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सिमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् ।

Ram Chandra Paudel

नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा आज सम्पन्न पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले वार्ताबाट समाधान नभए दोस्रो चरणमा मात्रै सिमा विवादको मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिए । ‘छिमेकीको हेपाहा प्रवृत्ति र सीमा सुरक्षामा नेपालको लापरबाहीका कारण सिमा सुरक्षामा प्रश्न उठेको छ’,नेता पौडेलले भन्नुभयो–‘अहिले दुइतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भूभागजतिका दशीप्रमाण फेला पारेर सरकार कडा रुपमा प्रस्तुत होस् ।’

हिजो राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेका प्रधानमन्त्री केपी ओलीले देश र जनतालाई धोका नदिई राष्ट्रिय छवी प्रस्तुत गर्न आग्रह गरेका छन् । सीमा विवाद टुङ्ग्याउन सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल कांग्रेस तयार रहेको बताउँदै उनले सचिवस्तरको बैठकबाट सीमा विवाद नटुङ्गिने भनाई राखेका छन् ।

दुईतिहाई बहुमतको सरकार हुँदा पनि नेपालको विकास र दीर्घकालीन योजनाका लागि लगानी नभित्रिएको बताउँदै उनले समृद्धिको लक्ष्य पूरा नहुने नेता पौडेलले बताए । ‘सरकार पुरानै योजनाको शिलान्यास र उद्घाटनमा अल्मलिएको छ’–नेता पौडेलले प्रश्न गरे – ‘यसले कसरी समृद्धिको यात्रा पूरा हुन्छ ?’

शेयर गर्नुहोस :

0
Shares