Banner news

नयाँ मन्त्रीले लिए शपथ

नयाँ मन्त्रीले लिए शपथ

sf7df8f}F, % dª\l;/M gjlgo’Qm dGqLx?sf] zky /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg, zLtnlgjf;df laxLaf/ cfof]lht ;df/f]xdf gjlgo’Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्। ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ। नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन्।


प्रधानमन्त्री ओली बुधबार साँझ वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि) र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) मन्त्री बनाउन राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए।

यस्तै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनेका छन्। 

sf7df8f}F, % dª\l;/M gjlgo’Qm dGqLx?sf] zky /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg, zLtnlgjf;df laxLaf/ cfof]lht ;df/f]xdf gjlgo’Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . tl:a/M k|bLk/fh jGt, /f;;

८ मन्त्री भने  हटाइएकाे छ  ।    पद गुमाउनेहरूमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ ।

त्यस्तै पूर्वमाओवादी कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares