मनमोहनको तनाव साम्य : शिशुको नाममा ५ लाखको अक्षयकोष स्थापना गरिदिने सहमति
बिर्तामोड । मनमोहन सामुदायिक अस्पताल बिर्तामोडमा भएको तनाव साम्य भएको छ । उपचारको क्रममा पाँच महिने शिशुको मृत्यु भएपछि भएको तनाव पीडित परिवार र अस्पताल प्रशासनबिचको बैठक पछि साम्य भएको हो ।

दुबै पक्ष बिचको बैठकले शिशुको नाममा अक्षयकोष स्थापना गर्न अस्पतालले ५ लाख उपलब्ध गराउने भएपछि सहमति भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । आजै १ लाख नगद र बाँकी ४ लाख मंसिर मसान्तभित्र दिने सहमति भएको छ ।
मनमोहन सामुदायिक अस्पतालमा बिर्तामोड नगरपालिका वार्ड नं.५ निवासी विजय लिम्वूको पाँच महिनाकी छोरी विपिषाको उपचारको क्रममा मृत्युपछि तनाबग्रस्त भएको थियो । तनावका कारण अस्पतालमा आक्रोसित पीडित परिवारले ढुङ्गा मुढा समेत गरेका थिए ।
मंगलवार दिउँसो १ बजे शिशुको उपचारका लागि अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा साझ ५ः३० बजे मृत्यु भएको बताइएको छ । थप उपचारको लागि हिजै बी एण्ड सी अस्पताल रेफर गरिएको थियो । तर, बिरामीको रेफर गर्नु अगाभै अस्पतालमै मृत्यु भएको पीडितको भनाई छ ।
बिबादपछि इलाका प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सहमति जुटाएको छ । यो सहमतिमा अस्पतालका तर्फबाट रोमणी भट्टराई र पीडित परिवारको तर्फबाट विजय लिम्बुले हस्ताक्षर गरेका छन् ।