बैशाख १७, २०८२ बुधबार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको पुष्टि गरेको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको अनलाइनखबरलाई बताए । उनका अनुसार घटनामा ११ जना घाइते छन् ।

घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]