जेष्ठ ४, २०८२ शनिबार

‘भीआइपी’ चोरसहित ब्राउन सुगरको ठुलो कारोवार गर्ने जेल चलान

बिर्तामोड । झापाको विभिन्न स्थानमा गरगहना चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर र जिल्लामै ब्राउन सुगरको ठुलो कारोवार गर्ने ६ जनालाई पूर्पक्षका लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको छ । झापा जिल्ला अदालतले भारतीय नागरिक सिलिगुरीका ४३ वर्षीय भीआइपी चोर रघुबर प्रसाद साहलाई बिहीवार पूर्पक्षका लागि थुनामा पठाएको हो ।

यस्तै, ब्राउन सुगरको ठुलो कारोवार गर्ने ३९ वर्षीय भद्रपुर वडा नं.–७ मा डेरा गरी बस्दै आएका भारतीय नागरिक श्रवण कुमार चौधरी, बुद्धशान्ति घर भई बिर्तामोड –५ अतिथी सदन छेउ बस्ने ३६ वर्षीय राम कृष्ण कडरीया, कडरीयाकै बयानको आधारमा पक्राउ परेका बिर्तामोड–५ का रिकुटे दिपक भन्ने भेन चालक ४७ वर्षीय केशव सिवा , शिवसताक्षी – ७ घर भई बिर्तामोड–१ पञ्चकन्यामा डेरा गरी बस्दै आएका ४० वर्षीय जुत्ते भन्ने राजेन्द्र रिजाल, हल्दिवारी – १ का २६ वर्षीय मनोज गुरुङ र अर्जुनधारा–४ जरुवा टोलका ५६ वर्षीय शिवलाल कटुवाललाई थुनामा पठाइएको छ । उनीहरुको साथबाट प्रहरीले ९१.५० ग्राम ब्राउन सुगर बरामद गरेको थियो । उनीहरुको गिरोह झापाकै ठुलो कारोवारी रहेको प्रहरीको भनाई छ ।

भीआइपी चोरले बिर्तामोडको ४ , धुलावारी २ र झिलझिलेको १ घरमा गरगहना चोरी गरेका थिए । उनलाई बिर्तामोड प्रहरीले सिसि क्यामेराको सहायतामा पक्राउ गरेको थियो । ५० लाखभन्दा बढी मुल्यको गाडीमा सानदार हिडडुल गर्ने र चोरी कार्य गर्ने उनलाई प्रहरीले भीआइपी चोर भनेको छ । साहले बिर्तामोड–५ मा डेरा गरी बस्दै आएका ललिता सापकोटा, गिता पौडेल र मधु गुप्ताको घरमा चोरी गरेका थिए ।

सापकोटाको कोठाबाट चाँदीको कल्ली – २, सिक्का थान–१, सुनको झुम्का थान १, चाँदीको औठी १ थान चोरी गरेका थिए । यस्तै, गिता पौडेलको कोठाबाट सुनको चुरा –१, सुनको पञ्चरत्ने हातको चुरा –२, चाँदीको हातको ब्रास्लेट –१, सुनको सिक्री –१ थान र मधु गुप्ताको बाट सुनको मंगलसुत्र –१, चाँदी पाउजु –२, चाँदीको पाउजु –२, रेडिमेट नेक्लेस –१, सुनको जितीया –१, सुनको कानको टप –२ थान चोरी भएको थियो ।

र, यो पनि पढ्नुहोस् : प्रहरीले समात्यो लाखौंको गरगहनासहित ‘भीआइपी’ भारतीय चोर

र, यो पनि पढ्नुहोस् :‘भीआइपी’ चारेको नेपाल कनेक्सन के हो ?

र, यो पनि पढ्नुहोस् :्राउन सुगरको कारोवार तेब्बरले बढ्यो, झापाका मुख्य व्यापारी पक्राउ

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  ११ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]