बैशाख ७, २०८१ शुक्रबार

‘भीआइपी’ चारेको नेपाल कनेक्सन के हो ?

बिर्तामोड । झापा प्रहरीले कात्तिक १३ मा पक्राउ गरेको भीआइपी चोर बारे नयाँ खोजी शुरु गरेको छ । विभिन्न घटनामध्ये फरक प्रकृतिको यो चारीको घटनालाई झापा प्रहरीले विशेष महत्वको साथ अनुसन्धानअघि बढाएको छ ।

करिव ५० लाखको गाडिमा चढेर सुनचाँदीको गहना चोरी गर्दै हिड्ने सिलिगुरीका रघुबर प्रसाद शाहको नेपाल ‘कनेक्शन’ बारे प्रहरीले अध्ययन थालेको छ ।
१३ गते बिर्तामोडमा ३ परिवारको गहना चोरी गर्ने साहले गहना छ भन्ने कसरी पत्ता लगाए , प्रहरी भन्छन्– कोहि सम्पर्कमा छ भन्ने शंका लागेको छ । बन्द गरिएको घरमा गहना पत्ता लगाएर चोरी गर्ने, भीआइपी सवारीको साथमा चोरीमा नस्कनु सामान्य विषय होइन ।

बिर्तामोडका डिएसपी मोहन थापा भन्छन्, समग्र चोरी सामान्य रुपमा बुझ्ने गरिएको छ । तर, यो चोरीको घटना पृथक छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी थापाका अनुसार पक्राउ परेको व्यक्तिको अनुसन्धानमा यहाँको सम्पर्क, सम्बन्ध खोजिने छ ।

४३ वर्षीय शाहसँग नेपाली सिम समेत फेला परेको छ । सुनको गहना चोरी गर्ने व्यक्तिसँग नेपाली सिम हुनुको अर्थ नेपालीसँग पनि सम्पर्क रहेको पुष्टि गरेको छ । हरेक दिन जसो नेपाल आउने रघुबरकै जस्तै भीआइपी चोरी झापा, मोरङ र सुनसरी पछिल्लो समय बढ्दै गएको प्रहरी बताउँछन् । सिमाबाट सुनचाँदी बोकेर वारपार हुन सजिलो छैन, प्रहरी भन्छन् – चोरी गरिएको गहना यहाँ कसले किन्दैछ ?

रघुबरको चोरी अनौठो घटना भएपछि प्रहरी उनको ओहोरदोहोर, नेपालीसँगको सम्पर्क, व्यापारीसँगको कारोवार खोजी गर्दैछ । चोरी पश्चात सिसि क्यामेराको कैदमा परेका रघुबर भाग्न सकेनन् । लाखौं मुल्यको गाडीमा आएर चोरी गर्ने घटनाले भारतीय नम्बरका सवारीमाथि शंका बढाएको छ । बिर्तामोड प्रहरीले सोहि दिनदेखि भारतीय सवारीको चेकजाँचमा कडाइ गरेको बताइएको छ ।

र, यो पनि पढ्नुहोस् : प्रहरीले समात्यो लाखौंको गरगहनासहित ‘भीआइपी’ भारतीय चोर

प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार  ३ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]