बैशाख २०, २०८१ बिहीबार

बिर्तामोड प्रहरीले समात्यो लाखौंको गरगहनासहित ‘भीआइपी’ भारतीय चोर

बिर्तामोड । सिसि क्यामेराको सहायतामा बिर्तामोड प्रहरीले पक्राउ गरेको ‘भीआइपी’ चोरले कोशी नदी देखी पूर्वमा झापा जिल्ला क्षेत्र बनाएर चोरी गर्दै आएको तथ्य फेला परेको छ । सुनचाँदीको गरगहना सहित पक्राउ परेका भारतीय नागरिक सिलिगुरीका ४३ वर्षीय रघुबर प्रसाद साह हुन् । ५० लाखभन्दा बढी मुल्यको गाडीमा सानदार हिडडुल गर्ने र चोरी कार्य गर्ने उनलाई प्रहरीले भीआइपी चोर भनेका छन् ।

बिर्तामोड–५ मा डेरा गरी बस्दै आएका ललिता सापकोटा, गिता पौडेल र मधु गुप्ताको घरमा चोरी भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले खोजी सुरु गरेको थियो । सिसि क्यामरा फुटेज हेर्दा चोरी गरी निस्किँदै गरेको अवस्थामा देखिए पछि प्रहरीले बिर्तामोडको सबै क्षेत्रमा खोजी गरेको थियो । खोजी गर्दै जाँदा भद्रपुर रोड प्रवेश गरेपछि फेरि चोरी गर्ने व्यक्ति हराएका थिए ।

भद्रपुर रोडमा सिसि क्यामेरा नहुँदा खोजी गर्न समस्या भएको थियो । त्यसपछि प्रहरीले बोर्डर शिल गरेर चोर पक्राउ गर्ने योजना बनाएको डिएसपी मोहन थापाले जानकारी दिए । सिसि क्यामेरामा शुरुआतमा देखिएका रघुबर फेरि हराएपछि बिर्तामोडको चारैतिर प्रहरी परिचालन गर्दा उनको गाडि कोहिनुर होटर अगाडि भेटिएको थियो । सोहि गाडि राखेको आसपास खोज्दा नजिकैको सैलुनमा दारी काट्दै गर्दा भेटिएको प्रहरीको भनाई छ । बिर्तामोडमा सिसि क्यामेरा नभएको भए भेट्न गाह्रो हुने प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार उनको साथबाट नेपाली रुपैयाँ ३८ हजार र भारतीय रुपैयाँ १३ हजार ७ सय सहित सुनको गरगहना बरामत गरिएको छ । प्रहरीले पैसा, गरगहना, WB74AM2724 नंबरको गाडी र नेपाल प्रवेशको अनुमति पत्र बरामत गरेको छ । बिर्तामोडका डिएसपी थापाले पक्राउ परेका चोर पेशेवर रहेको बताएका छन् । हरेक दिन जसो नेपाल आएर चोरी गर्ने गरेको अनुसन्धाबाट खुलेको छ । उनी १३ गते राती बिर्तामोडबाट पक्राउ परेका थिए ।

१३ गते दिउँसो मात्र साहले ललिता सापकोटाको कोठाबाट चाँदीको कल्ली – २, सिक्का थान–१,सुनको झुम्का थान १, चाँदीको औठी १ थान चोरी गरेका थिए । यस्तै, गिता पौडेलको कोठाबाट सुनको चुरा –१, सुनको पञ्चरत्ने हातको चुरा –२, चाँदीको हातको ब्रास्लेट –१, सुनको सिक्री –१ थान र मधु गुप्ताको बाट सुनको मंगलसुत्र –१, चाँदी पाउजु –२, चाँदीको पाउजु –२, रेडिमेट नेक्लेस –१, सुनको जितीया –१, सुनको कानको टप –२ थान चोरी गरेका थिए । १२ थान विभिन्न गहना भने हालसम्म सनाखत हुन सकेको छैन ।

प्क्राउ परेका भारतीय नागरिकको थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । उनको नेपाली पार्टनर पनि हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । झापाका प्रहरी उपरीक्षक दिनेश राज मैनालीले पक्राउ परेका व्यक्तिलाई ३ वर्षदेखि ५ वर्ष कैद र क्षतिपूर्ति भराउन सकिने जानकारी दिए । उनका अनुसार अनुसन्धानमा थप अपराध भए सोहि प्रकृतिको सजाय हुनेछ ।

प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार  १ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]