बैशाख १०, २०८२ बुधबार

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्ने तयारी

काठमाडौं । ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिरहेको कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम गर्ने मनशाय बनाएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नेछन् । अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज नगर्ने अस्पतालको तयारी थियो ।

तर, प्रम ओलीले अस्पतालमा बसिरहँदा गलत सन्देश जाने भनेर कर गरेपछि डिस्जार्ज गर्न लागिएको उपचारमा संग्लग्न एक चिकित्सकले बताए । उनले भने, ‘बालुवाटारमै चिकित्सकको निगरानीमा राख्ने तयारी भएको छ, आज भरेसम्म या भोलि डिस्जार्ज गर्ने भन्ने छ तर, फाइनल भइसकेको छैन ।’ प्रधानमन्त्री ओलीलाई ९ दिनअघि मंसिर ९ गते एपेन्डिसाइटिस भएको थियो । एपेन्डिसाइटिसलगत्तै शल्यक्रिया गरिएका प्रधानमन्त्री ओली अहिले चिकित्सकको निगरानीमा अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार  ११ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]