बैशाख ९, २०८२ मंगलबार

आज उधौली पर्व र योमरी पुन्ही

काठमाडौं, २६ मंसिर । बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ ।

किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै अन्योलमा रहेका बेला सरकारले सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बिहीबार सार्वजनिक बिदा नभएको जानकारी गराएका छन् । उधौली पर्व मनाउने किराँत समुदाय र योमरी पुन्ही मनाउने नेवार समुदायका कर्मचारीलाई भने आज बिदा दिइएको छ ।

उधौली पर्व मनाइने प्रदेश–१ सहित केही पालिकाहरुले पनि आज बिदा दिएका छन् । गृह मन्त्रालयले विसं २०७५ चैतमै जारी गरेको नयाँ वर्षका बिदासम्बन्धी सूचनामा बिहीबार किराँत समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार  ११ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]