पूर्व राजदम्पत्ती झापामा
झापा । पूर्व राजदम्पत्ती बुधबार दिउँँसो दमक आएका छन् । पूर्व राजा ज्ञानेन्द्र र कोमल देवी शाह एकमहिने बसाईका लागि झापा आएका हुन् । शाह दम्पती जाडो छल्न बर्सेनी दमक ९ स्थित आफनो स्वामित्व रहेको हिमालय गुडरिकको मिनी दरवारमा आउने गर्छन् । दमक बसाईका क्रममा शाह दम्पतीले आफना समर्थकसंग भेटघाट देखि पूर्वका मठमन्दिरहरुमा दर्शन गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।

श्री एयरलाइन्सको जहाजबाट वुधबार दिउँसो १ बजेर २८ मिनेटमा पूर्व राजदम्पत्ती शाह भद्रपुरस्थित विमानस्थल ओर्लिएका थिए । उनीहरुलाई स्वागतका लागि विहानै देखि सयौँको संख्यामा आएका समर्थकले पूवराजा रानीलाई फुलमालले सम्मान गरेका थिए ।
विमानस्थल ओर्लिएका शाह दम्पत्ती सिधै समर्थकको सम्मान लिंदै करिब आधा घण्टाको समय खर्चिएर विमास्थलबाट बाहिरिएका थिए ।