हेवन वाटर पार्कमा कर्मा व्याण्ड आउने
विर्तामोड । झापामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित भइरहेको हेवन वाटर पार्क बिर्तामोडको पुष ९ गतेबाट औपचारिक समुद्घाटन गरिने भएको छ ।

सोहि दिनबाट हेवनसँगै रहेको फन पार्क समेत सञ्चालनमा आउने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कर्मा व्याण्डको प्रस्तुति सहित हेवन पार्कको भव्य उद्घाटन गर्ने तयारी गरिएको प्रवन्ध निर्देशक नेपाल रत्न शिवाकोटीले जानकारी दिए । ०७२ सालबाट शुरु गरिएको हेवन पार्क १६ विगाह क्षेत्रफलमा फैलिएको छ ।
१४ वटा माछा पोखरी सहित फन पार्क निर्माण गरिएको सो ठाउँमा भव्य रेष्टुरेन्ट समेत सञ्चालनमा छ । माछाको उत्पादन र व्यापारमा प्रख्यात हेवन वाटर पार्क अहिले पूर्वकै पर्यटकीय गन्तब्यको रुपमा स्थापित भइरहेको छ । माछाको ५२ परिकार पस्कदैं आएको हेवनको रेष्टुरेन्ट सबैको रोजाईमा परेको छ ।
झापामै पहिलो पटक कर्मा व्याण्डले हेवनमा आफ्नो प्रस्तुति राख्ने भएको छ । क्रिसमस डेको अवसरमा उद्घाटन गरिने हेवन पार्कमा ५ दिने फिस फेस्टिवल समेत सञ्चालन गरिने निर्देशक शिवाकोटीले जानकारी दिए । उनका अनुसार अब बालबालिकालाई मनोरञ्जन दिन सिलिगुडी जानुपर्ने बाध्यता समेत हटेको छ ।
सोहि दिनदेखि हेवन पार्कमा २१ जना बालबालिकालाई डे केयर गर्न सक्ने क्षमता सहितको फन पार्क समेत सञ्चालन हुने भएको छ । जहाँ बालबालिका सहित सबै उमेर समूहले मनोरञ्न गर्न सक्नेछन् । फन पार्कमा आवश्यक मनोरञ्जनका सबै सामग्री उपलब्ध रहेको शिवाकोटीको भनाई छ ।