बैशाख १७, २०८२ बुधबार

प्रधानमन्त्री डायलासिसका लागि अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ । प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसका लागि विहीबार अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

 प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ । प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसका लागि विहीबार अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्य क्षमतामा ह्रास आएपछि नियमित डायलासिस गराउँदै आएका छन् । प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो ।

०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले औषधि सेवन गर्दै आएका छन् । प्रधानमन्त्रीको पुन मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकहरुसँग आवश्यक परामर्श र छलफल समेत अघि बढिरहेको छ । प्रधानमन्त्रीलाई मिर्गौला दिनका लागि दाताहरु समेत तयार अवस्थामा छन् ।

प्रकाशित मिति : पुष ३, २०७६ बिहीबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]