झापाको प्रहरी प्रमुखमा कोइराला
बिर्तामोड । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय झापामा कृष्ण कोइराला आउने भएका छन् । उनी यसअघि इलाका प्रहरी कार्यालय अनारमनीको डिएसपी थिए । कोइराला बिर्तामोडबाट सरुवा भएपछि एसपीमा बढुवा भएका थिए । यस्तै चितवनमा गंगा पन्त, स्याङ्जामा जनार्दन जिसी, कञ्चनपुरमा मुकुन्द मरासिनी, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल र धादिङमा रवीन्द्र रेग्मी पठाइएका छन् ।
रौतहटमा रविराज खड्का, धनुषामा रमेशकुमार बस्नेत, सर्लाहीमा विश्वमणि पोखरेल र मकवानपुरमा सुशीलसिंह राठौर पठाइएका छन् ।