बैशाख १०, २०८२ बुधबार

महाचिलकाे संख्या २२ प्रतिशतले घट्याे

काठमाण्डौ – नेपालमा गएको आठ वर्षमा महाचिलको संख्या २२ प्रतिशतले घटेको चराविद्ले बताएका छन् ।

सन् २०१२ मा गरिएको चरा गणनामा ६ हजार सात सय वटा महाचिल रहेकामा अहिले घटेर पाँच हजार एक सय मात्रै रहेको चराविद् डाक्टर तुलसी सुवेदीले जानकारी दिनुभयोे । 

खेतबारीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोग, वन फडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको अभाव, चोरी शिकारी र अवैध व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन, बासस्थान र आहारको कमी लगायत कारणले महाचिलको संख्या घटेको सुवेदीले बताउनुभयो । 

महाचिलको संख्या घटे पनि आगन्तुक चरामध्ये भने अहिलेसम्म पनि महाचिलकै संख्या धेरै रहेको छ । नेपालमा २६ प्रजातिका आगन्तुक चरा पाइन्छन् भने ६ प्रकारका महाचिल रहेका छन् । यस्ता चराहरु मौसमअनुसार विभिन्न देशमा आउने–जाने गर्छन् । यसरी आउने जाने चराले झण्डै पाँच हजार किलोमिटरसम्मको दुरी पार गर्छन् । 

भदौको अन्तिमबाट नेपाल भित्रने आगन्तुक चराहरु चैतको अन्तिमतिर फर्कन्छन् । 

यसैबीच हिमाली गिद्धको बारेमा जानकारी लिन स्याटलाइट प्रणालीबाट अनुगमन सुरु गरिएको छ । हिमाली गिद्धको मुख्य बासस्थान पत्ता लगाउन, उनीहरुको आहार विहार र दिनचर्या पत्ता लगाउन यस्तो प्रविधिमार्फत अनुगमन सुरु गरिएको चराविद् तुलसी सुवेदीले बताउनुभयो । 

नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छन् । सबैभन्दा बढी प्रजातिका चरा चितवनमा पाइन्छ । 

प्रकाशित मिति : पुष ७, २०७६ सोमबार  २ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]