बैशाख १७, २०८२ बुधबार

बिर्तामोडमा ३४ दिने शिशुको रहस्यमय मृत्यू, गाउँले भन्छन् ‘हत्या’

प्रदीप परियार

बिर्तामोड । लिपेको आँगन मज्जाले सुकेको थिएन । घरको मुख्य ढोका बन्द थियो । घरका बुढाबुढी धामी खोज्न गाउँतिर गएका रहेछन् । छरछिमेक उनै बुढाबुढीको कुरा गर्दै बसिरहेका थिए । सोमवार साँझको कुरा हो । लिपपोत भएको घरमा बच्चाको काजक्रिया सक्ने अन्तिम दिन रहेछ । एकैछिनछि ति बुढाबुढी पनि टुप्लुक्कै आइपुगे । उनीहरुको अनुहारमा अलिअलि पीडा र अलिअलि डर झल्किन्थ्यो ।

बिर्तामोड–५ कञ्चन्जंगा रोड उत्तरमा रहेको ऋषिदेव परिवारमा पुस ३ गते शिशुको रहस्यमय मृत्यू भयो । ३४ दिनको शिशुको मृत्यूलाई स्थानीयबासीले रहस्यमय भनेका छन् । दिपेन ऋषिदेव र सिमरन ऋषिदेवको छोरीको मृत्यूको घटनालाई स्थानीयले शंकाको घेरामा राखेका छन् । कसैले पनि आफ्नो बच्चाको हत्या गर्न सक्दैन भन्ने आम बुझाई भएपनि उनीहरुको दैनिक व्यवहार नियालेका स्थानीयले बच्चाको मृत्यू स्वीकारेका छैनन् ।

नजिकै घर भएका छिमेकीले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन्, यदि बच्चाको मृत्यू भएको हो भने कसरी सिरानीभर र घरभरी रगत देखियो ? न्वारान कै समयमा ६ दिनको बच्चा हुत्याउने बाउआमाले बच्चा मारेकै हुन् । वास्तविकता अनुशन्धान होस् । हरेक दिनसजो बुढाबुढी झै झगडा गर्थे , स्थानीय भन्छन् – यिनिहरुकै कारण बच्चाको मृत्यू भएको हो ।

सोमवार साँझ भेटिएका दिपेनले शिशुको मृत्यू भएको दावी गरेका छन् । उनले आमाको दुधले थिचिएर सास प्रश्वास समस्या भएर बच्चाको मृत्यू भएको बताए । उनी भन्छन् – आफ्नो सन्तानलाई कसरी मार्न सकिन्छ ? गाउँलेले आरोप मात्र लगाएका हुन् ।

आमा सिमरनले पनि आफ्नो दुधले थिचिएर बच्चाको मृत्यू भएको बताइन् । दुध खुवाएर सुतेको थिँए , बच्चाले दुध मुखबाट ननिकाल्दा सास फेर्न सकेन । त्यसैले बच्चा रहेन, सिमरन भन्छिन् ।

घटना पश्चात श्रीमान र श्रीमति आरोप–प्रत्यारोप पनि गर्दै आएको बुझिएको छ । यसबारे सिमरनले भनिन्, दिपेन सधैं बच्चा विरामी भन्दै माग्न हिन्थ्यो । त्यसैले मैले त्यस्तो भनेको हो । मारेको भनेको छैन ।

पुस ३ गते बिहान ३ बजेसम्म बच्चा धेरै नै रोइरहेको छिमेकीले सुनेका थिए । छिमेकीले सानो बच्चा रोइरहन्छन् भन्दै वास्ता पनि गरेनन् । तर, बिहान ४/५ बजे घटना भएको अनुमान गरिएको छ । आमा सिमरनले बच्चा नरहेको ९ बजे मात्रै थाहा पाएको बताउँछिन् । बच्चाको मृत्यू भएपछि पनि दुवै जना घर थुनेर बसेको स्थानीयको भनाई छ । बच्चा नरहेको हल्ला चलेपछि दिपेन र सिमरनलाई छिमेकीहरुले कृटपिटको प्रयास पनि गरेको थिए ।

एक स्थानीय महिलाका अनुसार सो दिन बच्चा र आमा सुत्ने ठाउँको सिरानीमा धेरै रगत थियो । भुँइमा पनि धेरै रगत लत्पतिएको थियो । बच्चाको नाक र मुखबाट पनि रगत बगेको थियो । त्यो अवस्ता देखेर सबै आक्रोस भएका थिए ।

घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको डिएसपी मोहन थापाले जानकारी दिए । पोष्टमार्टम रिपोट आएपछि अनुसन्धान थप अघि बढाउने थापाको भनाई छ । अहिले मृत्यू वा हत्या स्पष्ट छैन , डिएसपी थापाले भने, शंकाको भरमा भन्दा तथ्यका आधारका काम अगाडि बढाइने छ । हत्या भए ज्यान मुद्दा, नभए लापरबाही गरे कानुन बमोजिम कारवाही हुन्छ – डिएसपी थापाले भने ।

प्रकाशित मिति : पुष ८, २०७६ मंगलबार  ७ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]