बैशाख ६, २०८२ शनिबार

आजको सूर्यग्रहण किन छ विशेष ?

एजेन्सी– सन् २०१९ को आखिरी सूर्यग्रहण आज बिहीबार  देखिएको छ । 

नेपाली समयअनुसार यो सूर्यग्रहण विहान ८ बजेर ४२ मिनेट जाँदा सुरु भएको हो । यो दिउँसो ११:३१ बजेसम्म रहनेछ ।

अबको एक दशकमा पर्ने अरु ४–५ सूर्यग्रहणभन्दा यो सबैभन्दा बढी देखिने सूर्यग्रहण मानिएको छ । त्यसैले पनि यसलाई शताब्दिकै ठूलो सूर्यग्रहण भनिएको छ । 

त्यसो त प्रत्येक वर्ष सूर्यग्रहण र चन्द्रग्रहण भइरहेको हुन्छ । पृथ्वीको फरक फरक ठाउँबाट यो देखिने गरेको छ । तर, आज भइरहेको सूर्यग्रहण पृथ्वीको अधिकांश ठाउँबाट देखिन सक्छ ।

यो खगोलीय घटनाका कारण नेपालमा मात्र होइन, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन, अष्ट्रेलियामा समेत प्रभाव पर्ने बताइएको छ । सन् २०१९ को यो तेस्रो सूर्यग्रहण हो । यसअघि ६ जनवरी र २ जुलाईमा पनि सूर्यग्रहण भएको थियो ।

चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँदा हुने यो खगोलीय घटना यसपटक किन विशेष छ भने यो सूर्यग्रहणको समयमा सूर्य रिंग अफ फायरजस्तो देखिनेछ । 

अब अर्को सूर्यग्रहण २१ जुन २०२० मा हुनेछ । यो नेपालबाट नदेखिन पनि सक्ने बताइएको छ ।  

प्रकाशित मिति : पुष १०, २०७६ बिहीबार  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]