नेकपा झापाका अध्यक्ष पाठकलाई पितृशोक
बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ । उनका बुबा देवी प्रसाद पाठकको आज साँझ ८ :२० बजे निधन भएको हो । ९३ वर्षीय पाठकको निजी निवास बुद्धशान्ति–२ बुधबारेमा निधन भएको छ ।
अध्यक्ष पाठकका अनुसार दाहसंस्कारका लागि भोली (शनिवार) विहान १० बजे कनकाई माई लगिने छ ।
