बैशाख ६, २०८२ शनिबार

बिर्तामोडमा २ सय विपन्नलाई घर बनाइदिने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले यस बर्ष नगर क्षेत्रका २ सय बिपन्न तथा गरिव परिवारलाई आवास निर्माण गरिदिने भएको छ ।

यसरी यस आर्थिक बर्ष भित्र निर्माण गरिने ती घरहरुको एक कार्यक्रमका बीच क्षेत्र नं २ की सांसद् पवित्रा खरेलले शिलान्यास गरेकी छन् । वडा नं ८ स्थित प्रगतिनगरमा स्थानीय घरबार बिहीन श्रीमान् लोकबहादुर श्रेष्ठ र श्रीमति धनकुमारी श्रेष्ठको निर्माण गरिने घरको शिलान्यास गर्दे बिपन्न परिबार आवास निर्माण अभियानको शुभारम्भ गरेकी हुन् ।

तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत प्राप्त ४० वटा, बिर्तामोड नगरपालिका, ह्याबिट्याट फर ह्युमानिटी, सहारा नेपालको सयुक्त लगानीमा १०० वटा, सांसद् विकास कोषबाट २५ वटा र जनता आवास कार्यक्रम अन्तरगत ३५ वटा गरेर २०० बटा घर निर्माण शुभारम्भ गरिएको नगर पालिकाका योजना अधिकृत जय तिम्सिनाले बताए ।

गत बर्ष पनि बिर्तामोड नगर पालिकाले नगर क्षेत्रका बिपन्न समुदायका परिवारका लागि ७६ वटा घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । वडा नं ८ का कार्यबाहक अध्यक्ष दीपक भट्टराईको अध्यक्षतामा भएको शिलान्यास समारोहमा बोल्दै प्रमुख अतिथि सांसद् खरेलले आगामी बर्षका लागि आफ्नो पहलमा ४०० वटा घर निर्माण हुने बताइन् ।

उनले बिर्तामोड नगर पालिकाले जनताको मन जित्ने खालका धेरै काम गरेर उदाहरण प्रस्तुत गरेको बताउँदै अबका ३ बर्ष भित्रमा बिर्तामोडमा कोही पनि नागरिक घरबार बिहीन नहुने कार्यक्रम तग गरिएको उल्लेख गरिन् ।

कार्यक्रममा बिर्तामोड नगर पालिकाका प्रमुख धु्रबकुमार शिवाकोटीले यस बर्ष १० बटै वडाका २०÷२० परिवारको घर निर्माण गरिने उल्लेख गर्दे नगर पालिका शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायत आवासको हकलाई स्थापित गराउन लागिरहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिबडा, निर्माण उपभोक्ता समितिका युवराज गौतम, बडा सदस्य गंगा राजबंशीले बलेका थिए ।

प्रकाशित मिति : पुष १२, २०७६ शनिबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]