Banner news

माओवादी नेता सीपी गजुरेल पक्राउ

माओवादी नेता सीपी गजुरेल पक्राउ


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) नेता सीपी गजुरेल र परी थापासहित १५ जना पक्राउ परेका छन् । 

उनीहरुलाई आइतबार अनामनगरको हनुमानस्थानबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरिएको हो

गजुरेलसहितको टोलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, सिंहदरबारभित्र चारजनालाई मात्र जान अनुमति दिएपछि गजुरेलसहितका नेता कार्यकर्ताले पूरै समूह नै जान पाउनुपर्ने अडान लिँदै निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको हो । 

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा केही कार्यकर्ता र प्रहरी निरीक्षक वेद पौडेल र प्रहरी सहयाक निरीक्षक मानबहादुर तामाङ घाइते भएका छन् । 

शेयर गर्नुहोस :

0
Shares