जेष्ठ ६, २०८२ सोमबार

धरौटीमा छुटे बलात्कार आरोपी सिद्धबाबा

बिर्तामोड ।  अनुयायी बलात्कार गरेको आरोपी  सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरीलाई  ३ लाख धरैटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सुनसरी जिल्ला अदालतमा हिजाेबाट सुरू थुनछेक बहस  सकीए संगै आज न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

आदेशसंगै  धरौटी रकम बुझाएर कृष्णदास छुटेका छन् ।  गिरीलाई प्रहरीले बिराट नरसिङ होमबाट एम्बुलेन्समा राखी सुनसरी जिल्लाअदालतमा उपस्थित गराएकाे थियाे । अदालत परिषर बाहिर गिरीका अनुयायीहरूले रामनाम भजन गरेका थिए । बाहिर क्षेत्रमा प्रहरीले आज दोस्रो दिन समेत निषेधित क्षेत्र तोकेको छ ।

प्रकाशित मिति : पुष १४, २०७६ सोमबार  ४ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]